शुक्रबार, चैत २७, २०८२

बार्सिलोना ला लिगाको उपाधि नजिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस महारथी क्लब बार्सिलोना ला लिगा फुटलबको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई पराजित गरेसँगै बार्सिलोना लिगको उपाधि नजिक पुगेको हो । 

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलानाले सोसिडाडलाई २-१ ले पराजित गरेको हो । बासिलोनाको जितमा क्लेमेन्ट लेङ्गलेट र जोर्डी अल्बाले एक एक गोल गरे । यता सोसिडाडका लागि जुआनमीले एक गोल फर्काए । 

पहिलो हाफको अन्तिम मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।  ४५ औं मिनेटमा क्लेमेन्टले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए । दोस्रो हाफमा एक गोल थप्ने क्रममा घरेलु टोलीले एक गोल खाएको थियो । 

खेलको ६२ औं मिनेटमा सोसिडाडका जुआनमीले गोल गर्दै खेल बराबरी ल्याए । तर, त्यसको दुई मिनेट नबित्दै घरेलु टोलीका लागि अल्बाले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । 

पाँच खेल बाँकी रहँदा अब बार्सिलोनाले दुई खेलमा मात्र जित निकाले उपाधि जित्ने छ । बार्सिलोनाले लिगमा दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकको अग्रता बनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।