शुक्रबार, चैत २७, २०८२

सन्दीपको उत्कृष्ट पुनरागमन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामीछानेले उत्कृष्ट पुनरागमन गरेका छन् । शनिबार राती किङ्स इलाभेन पन्जाबविरुद्ध भएको खेलमा सन्दीपले उत्कृष्ट पुनरागमन गरेका हुन् । उनले चार ओभर बलिङ गर्दै ४० रन खर्चेर तीन विकेट लिए । 

टिमका लागि दोस्रो ओभर लिएर बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा ११ रन खर्चेर एक विकेट लिएका थिए। उनले आफ्नो पहिलो विकेटको रुपमा केएल राहुललाई पेभिलिएन फर्काएका थिए । 

टिमको चौथो ओभर तथा व्यत्तिलगत दोस्रो ओभरमा सन्दीप महंगा साबित भए । उनले आफ्नो दोस्रो ओभरमा विना विकेट १६ रन खर्चे । त्यसपछि सिधै टिमको १३ औं तथा व्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दीपले उत्कृष्ट बलिङ गरे । 

उनले उक्त ओरभमा मात्र ६ रन खर्चेर दुई विकेट लिए । आफ्नो तेस्रो ओभरमा उनले  पन्जाबविरुद्ध नेपालका सन्दीपले किफायती बलिङ गरिरहेका छन् । सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा छक्का खाएपछि दोस्रो बलमा ६९ रनमा खेली रहेका क्रिस गेललाई पेभिलिएन फर्काए । 

त्यसपछि सोही ओभरको अन्तिम बलमा साम कुरानलाई शुन्य रनमा आफैले क्याच गर्दै आउट गरे । योससँगै सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट लिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।