शुक्रबार, चैत २७, २०८२

दौडमा आशिष र सरस्वतीलाई दोहोरो स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
बाँके-आठौं राष्ट्रिय खेलकूदअन्तर्गत २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरीले शनिबार स्वर्ण जितेका छन् । आशिषले पुरुष र सरस्वतीले महिलामा स्वर्ण जितेका हुन् । 

दुबै १ सय मिटर दौडमा पनि पहिलो भएका थिए । दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा पूरा गरे । आर्मीका अभिषेक चौधरी दोश्रो तथा प्रदेश ४ का प्रकाश राना मगर तेश्रो भए । 

महिलाको निर्धारित दूरी तय गर्न सरस्वतीले २६.२६ सेकेन्ड समय खर्चिन् । प्रदेश ५ की जयरानी चौधरी दोश्रो तथा आर्मीकी कृष्णा चौधरी तेश्रो बने । पुरुष डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओली पहिलो भए । उनले ३७.०२ मिटर टाढा फाले । 

प्रहरीका पुस्कल खड्का दोश्रो तथा प्रदेश १ का रन्जिल श्रेष्ठ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मीकी अमृता महतो पहिलो भइन् । अमृताले ३६.०३ मिटरको प्रदर्शन गरिन् । प्रदेश ५ की संगीता अधिकारी दोश्रो तथा एपीएफकी जितकुमारी महतो तेश्रो स्थानमा रहे ।

पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण जिते । उनले १.८५ मिटर उचाई नाघे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै विकास खाँड ठकुरीले कांस्य जिते । सो स्पर्धाको महिलामा १.५० मिटर उचाइ नाघ्दै एपीएफकी शिला चौधरी शीर्ष स्थानमा रहिन् । आर्मीकी संगीता सिन्जाली दोश्रो भइन् । प्रदेश १ की विन्दु चौधरी र प्रदेश ५ की अनिता चौधरी संयुक्त रुपमा तेश्रो भए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।