शुक्रबार, चैत २७, २०८२

स्वर्ण पदक जिते कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
नेपालगन्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलनका स्वार्ण पदक विजेता प्रयाजसो खेलाडीले राष्ट्रि कीर्तिमान बनाउँदै छन् र बनाउने धाउन्नमासमेत छन्। शुक्रबारबाट सुरु भएको प्रतियोगितमा हालसम्म सम्पन्न विधाहरुमा धेरै जसो खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन्। 

अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आइडब्लुएफ) र एसियन भारोत्तोलन फेडेरेसनको नियमअनुसार प्रतियोगिता संचालन गर्दा स्वर्ण पदक जित्ने खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउने अवस्था छ। अइडब्लुएफ र एसियन फेडेरेसनले नयाँ तौल समूह निर्धारण गरेको छ। सोही अनुरुप आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने खेलाडीले नयाँ नेकर्ड बनाउने अवस्था रहेको नेपाल भारोत्तोलन संघका सचिव तिलख रावलले बताए। 

यसअघि पुरुषमा ८ र महिलामा ७ तौल समूह रहेको थियो। हाल त्यसलाई परिमार्जित गर्दै महिला र पुरुषमा समान १०–१० तौल समूहको निर्धारण गरेको छ। ‘प्रदेश छनोट पनि अइडब्लुएफ र एसियन फेडेरेसनको नयाँ नियमअनुसार गरेर आयौ। जुनप्रदेश छनोटमा पनि नयाँ–नयाँ राष्ट्रि कीर्तिमान बने।’ नेपाल भारोत्तोलन संघका सचिव तिलख रावलले भने, ‘त्यसैले सबै स्वर्ण पदक विजेताले राष्ट्रिय कीर्तिमान बनाउछन् नै भन्ने छैन्। किनकी राष्ट्रिय कीर्तिमान बनाउन खेलाडीले प्रदेश छनोट भन्दा बढी भारवहन गर्नुपर्ने छ।’ 

उनले थपे, ‘तर, प्रदेश छनोटमा भन्दा बढेर आउने सबै भारवहन राष्ट्रिय कीर्तिमान बनेर आउने छन्।’ अइडब्लुएफ र एसियन फेडेरेसनले नेपाल भारोत्तोलन संघलाई पत्र पठाए पछि संघले सोही अनुसार खेल संचालन गरेकाहुन्। तर, आउँदो ओलम्पिकमा भने पुरानै तौल समूहमा खेल संचालन गरिने छ। ‘हामीलाई अइडब्लुएफ र एसियन फेडेरेसनले नयाँ नियमअनुसार खेल संचानल गर्न पत्राचार गरेको थियो। त्यस्तै सोही नियममा रहेर खेल खेलाई रहेका छौं। तर, २०२० मा हुने ओलम्पिकमा भने पुरानै तौल समूहमा खेल खेलाइने छन्।’ 

कार्यक्रम संचालक विजेन्द्र बिक्रम साहले भने, ‘हाल अन्तर्राष्ट्रिय स्तारमा आयोजाना भइरहेका सबै खाले भारोत्तोलन प्रतियोगिता नयाँ नियममा संचालन भइरहेका छन्। जुन ओलम्पियक भन्दा साना छन्।’ उनले थपे, ‘खेलाडीले स्न्याच, क्लिन एन्ड जर्क र कुलगरी तीन वटै विधामा कीर्तिमान बनाउन सक्ने छन्। तर, खेलाडीले कुनै एकमा प्रदेश स्तरीय प्रतियोगिता भन्दा राम्रो तौल उचाल्नु पर्ने छ।’

पहिले पुरुषमा १०७ केजी तौल समूह रहेको थियो। तर, हाल उक्त तौल समूहलाई घटाएर १०२ केजीमा राखेको छ। हाल पुरुषमा ५५ केजीदेखि १ सय ९ केजी माथि तौल समूह निर्धारण गरिएको छ। प्हिला महिलामा ७७ अन्तिम तौल समूह रहेको थियो। तर, हार उक्त तौल समूह घटेर ७१ केजी तौल समूहमा पुगेको छ। हाल महिलाको ४४ केजीबाट सुरु भएर ८७ माथि सम्मतौल समूहसम्म निर्धारण गरिएको छ।

भारोत्तोलनमा महिला र पुरुष गरी २० स्वर्ण, २० रजत र २० कास्यपदकका लागि खेलाडीले प्रतिस्र्धा गर्ने छ। प्रतियोगितामा प्रदेश र तीन विभागीय गरी १ सय ४४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।