बुधबार, साउन २०, २०८३

दिपेश र रशिलाले रचे नयाँ इतिहास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दाङ- नेपाली सेनाका रत्नजित तामाङ्ख र नङ्खशल तामाङ्खको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी र रशिला महर्जनले नयाँ इतिहास रचेका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नजितको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेशले नयाँ इतिहास रचेका हुन् । 

दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१- १६, २१-१४ को सोझो सेटमा पराजित गर्दै इतिहास रचेका हुन् । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामीसँग पराजित भएका हुन् । 

२०६९ सालमा काठमाण्डौमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी विकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नजितले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन । तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए । 

यसै प्रतियोगिता अन्तर्गत पनि पुरुष टिम इभेन्ट्सको पुरुष एकलको सेमिफाइनलमा प्रिन्सले तथा फाइनलमा दिपेशले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मेको सुचित गराए । दिपेशले यस अघि रत्नजितलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।

यसैगरि नयाँ इतिहास रच्ने क्रममा सेनाकी रशिला महर्जनले नङ्खशललाई १९-२१, २१-१४, २४-२२ ले पराजित गर्दै आफुलाई राष्ट्रिय च्याम्पियनको रुपमा उभ्याइन् । १४ बर्षमा दौडी रहेकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिईन् । 

ब्याडमिन्टनको इतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने उनी अहिले सम्मकै कान्छि खेलाडी रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । दिपेश र रशिला हालै सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनका विजेता समेत रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।