बुधबार, साउन २०, २०८३

रियलले हाजार्ड सहित तीन खेलाडी भित्र्याउने पक्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस महारथी क्लब रियल मड्रिडले आउँदो सिजनको खेलाडी किनबेचमा तीन खेलाडी भित्र्याउने पक्का भएको छ । रियलले इंग्लिस क्लब चेल्सी तथा बेल्जियमका फरवार्ड इडन हजार्ड, ब्राजिलियन क्लब सान्तोषका फरवार्ड रोड्रिगो र ब्राजिलियन तथा पोर्चुगिज क्लब पोर्टोका डिफेन्डर इडर मिलिटाओलाई यिलले क्लबमा अनुबन्ध गर्ने लगभग पक्का पक्की भएको बताइएको छ । 

रियलसँग अनुबन्धका लागि  तीन वटै खेलाडीसँग सहमति भइसकेको बताइएको छ । ती वटै खेलाडीसँग केही दिनमा सम्झौताको प्रक्रिया पनि सकिने अन्तर्राष्ट्रिय संचार मध्यमले जनाएको छ । 

केही साता अघि हाजार्डले आफु हाल चेल्सीमै केन्द्रित भएको बताएका थिए । तर, उनको नयाँ सम्झौताका लागि क्लब र हाजार्ड दुबैले इच्छा नदेखाएपछि चेल्सीले बेच्ने र हाजार्ड रियल जाने सम्भावना बढेको हो । 

गत सिजन हाजार्डलाई रियलले अनुबन्ध गर्न खोज्दा चेल्सीले २ सय मिलियान युरोको माग राखेको थियो । तर, यस बर्ष १ सय मिलियन युरोको प्रस्तावमा चेल्सी मौन देखीएको छ । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बालाई प्रशिक्षक जिनेदिने जिदानले क्लबमा भित्र्याउन चाहेपनि १ सय ५० मिलियन युरो बढी भएको भन्दै क्लबले समर्थन नगरको खुलेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।