शुक्रबार, चैत २७, २०८२

क्रिकेट : प्रदेश एक र दुई विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
बाँके- आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष  टि-२० क्रिकेटमा समुह बी मा प्रदेश एक र दुई विजयी भएका छन् । कोहलपुर क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा प्रदेश एकले प्रदेश तीनलाई २० रनले पराजित गरेको हो । 

प्रदेश एकले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको प्रदेश तीनले १८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८६ रन बनाउन सक्यो । प्रदेश तीना लागि रबिन जोसीले सर्वाधिक २४ रन जोडे । उनले २३ बल खेल्दै ४ चौका प्रहार गरेका थिए । 

त्यस्तै इसान पाण्डेयले ३० बलमा दुई चौका प्रहार गर्दै २० रन तथा हेमाज पौडेलले १५ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । प्रदेश तीनलाई सस्तैमा समेट्न दिपेश कंडेलले ४ विकेट लिए । पुस्प थापा, फिर्दोस अन्सारी र श्रवन यादवले समान एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश एकले निर्धरित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन जोडेको थियो । प्रदेश एकका लागि पुस्प थापाले सर्वाधिक २४ रन जोडे । ३६ बल खेलेक पुस्पले एक छक्का प्रहार गरेका थिए । 

त्यस्तै सन्नी पुन र रजन मगरले समान १२,श्रवन यादवले ११ रन जोडेका थिए । प्रदेश एकले २० रन अतिरिक्त पाएको थियो ।  प्रदेश तीनका लागि सोनु देवकोटाले दुई तथा अन्दन यादव, र्गातम केसी, इसान पाण्डेय र  सोनु तामाङले एक एक विकृट लिए । 

त्यस्तै शुक्रबारनै भएको दोस्रो खेलमा प्रदेश दुईले प्रदेश ६ लाई ९ विकेटले पराजित गरेको हो । प्रदेश ६ ले दिएको ५८ रनको सामान्य लक्ष्य प्रदेश दुईले ११.४ ओभरमा मात्र एक विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो । प्रदेश दुईका लागि हरी शंकरले सर्वाधिक ३३ रन जोडे । 

उनले ३३ बलको सामना गर्दै ४ चौका र एक छक्ककाको मद्दतमा ३३ रन जोडेका हुन् । त्यस्तै सुधिर चौधरीले १४ तथा हासिम अन्सारीले २ रन जोडे । प्रदेश ६ का लागि रबिन्द्र जंग साहीले एक विकेट लिए । 

यसअधि प्रदेश ६ का लागि दिवान पुन र रबिन्द्र जंग साहीले समान ११-११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । प्रदेश ६ लाई सस्तैमा समेट्न प्रदेश दुईका कुमार थापाले ४ विकेट लिए । त्यस्तै हरि कंकर साहले दुई तथा राहुल प्रताप सिंहले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।