सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लोकसभा निर्वाचन : कानुनले दोषी ठहर्‍याएका उम्मेदवारको बिगबिगी

लोकसभा निर्वाचन : कानुनले दोषी ठहर्‍याएका उम्मेदवारको बिगबिगी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँँ दिल्ली – भारतमा १५ औं लोकसभाको तेस्रो चरणको निर्वाचन मिती नजिकिंदै जाँदा केही रोचक तथ्यहरु वाहिर आइरहेका छन्। ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्मस्’ (एडीआर) को प्रतिवेदनलाई उल्लेख गर्दै भारतीय पत्रिका दैनिक भास्करले एक अनुसन्धानबाट आउँदो अप्रिल २३ मा हुने निर्वाचनमा ३ सय ४० जना अपराधिक पृष्ठभूमिका उम्मेदवार चुनावी मैदानमा उत्रिएको तथ्य सार्वजनिक गरेको छ।

१ सय १६ स्थानमा हुन गइरहेको निर्वाचनमा ३ सय ४० अर्थात २१ प्रतिशत उम्मेदवार कुनै न कुनै जघन्य अपराधमा अदालतबाट दण्डित या आरोपित भएका प्रतिवेदनमा उल्लेख छ। यस्तै अर्को रोचक तथ्य के पनि छ भने, ३ सय ९२ जना उम्मेदवारहरु करोडपति रहेका छन्।
 
एडीआरले १ सय १६ निर्वाचन क्षेत्रका १ हजार ६ सय १२ उम्मेदवारमध्ये १ हजार ५ सय ९४ को विवरण अध्ययन गरेर सो निस्कर्ष निकालेको बताएको छ। 

यस्तै २९ जना उम्मेदवारलाई महिला हिंसासँग सम्बन्धित कसुरको आरोप रहेको पाइएको छ। जसअन्तर्गत बलात्कार, यौन उत्पिडनकासाथै महिलाहरु माथि क्रुर व्यवहार गरेको आरोपहरु रहेका छन्।
 
१४ उम्मेदवारले घोषित रुपमै आफुहरुले अदालतबाट फौजदारी अपराधमा सजाय भोगिसकेको भनी आफ्नो उम्मेदवारी विवरणमा उल्लेख गराएका छन्। १३ उम्मेदवार भारतीय दण्डसंहिता अन्तर्गतका धाराहरुका आधारमा मुद्दा समेत खेपिरहेका छन्।
 
३० प्रतिस्पर्धीहरुमाथि ज्यान मार्ने उद्योग र हत्या प्रयासको आरोप छ भने २६ उम्मेदवारमाथि जातीय, धार्मिक, साम्प्रदायिक, क्षेत्रीय एवं लैंगिक आधारमा घृणा फैलाउने भाषण दिएको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।