सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पार्टीप्रति रुष्ट हुँदै कांग्रेस प्रवक्ता प्रियंकाले दिइन् राजीनामा

पार्टीप्रति रुष्ट हुँदै कांग्रेस प्रवक्ता प्रियंकाले दिइन् राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - भारतीय कांग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट राजीनामा दिएकी छन्। उनले शुक्रबार राहुल गान्धी समक्ष राजीनामा पत्र पेश गरेकी हुन्। राजीनामापछि उनी शिवसेनामा प्रवेश गरेकी छिन्। शिवसेनाका अध्यक्ष उद्धव ठाकरेले उनलाई पार्टी प्रवेश गराएका थिए।
 
पार्टीबाट राजीनामा दिएकी उनले आत्मसम्मानको लागि आफुले राजीनामा दिएको बताइन्। कांग्रेसप्रति रुष्ट देखिएकी उनले आफ्नो काम र मेहनतको पार्टीले कहिल्यै महत्व नदिएकोमा आपत्ती जनाइन्।

उनले अब आफु जति लामो समय पार्टीमा रह्यो त्यती नै आफ्नो आत्मसम्मानमा ठेस पुग्ने बताइन्। पार्टीभित्रका केही सदस्यका आचरण ठिक नरहेको र उनीहरुले सधैं महिलाको सुरक्षा र मानमर्यादा विपरित काम गरिरहेको प्रियंकाले आरोप लगाइन्। उनले पार्टीभित्रका केही मान्छेले आफ्नो अपमान गरेको बताइन्। यसबारे पार्टीलेसमेत चुनावमा असर पर्नसक्ने भन्दै कुनै कदम नचाल्नु आफ्नो अपमान भएको उनले बताइन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।