मंगलबार, असार २३, २०८३

स्टुटगार्डविरुद्ध लाइप्जिकको सानदार जित

जर्मन बुन्डेसलिगाअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा आरबी लाइप्जिकले सादनदार जित निकालेको छ। लाइप्जिकको घरेलु मैदान रेड बुल एरिनामा सम्पन्न खेलमा उसले पाहुना स्टुटगार्डविरुद्ध ४–० गोलको जित निकालेको हो।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं- जर्मन बुन्डेसलिगाअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा आरबी लाइप्जिकले सादनदार जित निकालेको छ। लाइप्जिकको घरेलु मैदान रेड बुल एरिनामा सम्पन्न खेलमा उसले पाहुना स्टुटगार्डविरुद्ध ४–० गोलको जित निकालेको हो।

लाइप्जिकको जितका लागि डोमिनिक सोबोस्लाईले दुई गोल गरे भने इमिल फोर्सबर्ग र आन्द्रे सिल्वाले समान १–१ गोल गरे।

खेलको ३८औं मिनेटमा सोबोस्लाईले गोल गर्दै पहिलो हाफमा एक गोलको अग्रता बनाएका थिए। यससँगै पहिलो हाफको लाइप्जिकले एक गोलको अग्रता बनायो।

दोस्रो हाफको तेस्रो मिनेटमै फोर्सबर्गले गोल गरेपछि घरेलु टिमले अग्रता दोब्बर बनाएको थियो। यता ५२औं मिनेटमा सोबोस्लाईले व्यक्तिगत दोस्रो गोल गरे।

त्यस्तै, ६५औं  मिनेटमा पाएको पेनाल्टएको सदुपयोग गर्दै सिल्वाले टिमका लागि अन्तिम गोल गर्दै ४–० गोलअन्तरको नतिजा निश्चित गरेका थिए।

बुन्डेलिगाको पहिलो खेलमा लाइप्जिकले माइन्सँग हार बेहोरेको थियो। दोस्रो खेलमा पहिलो जित निकालेसँगै लाइप्जिकले अहिले तेस्रो स्थानमा छ। यता समान तीन अंक भएको होफेनहाइम र  दोस्रो स्थानको डर्टमन्डको समान ३–३ अंक छ।

प्रकाशित: Aug 21, 2021| 08:15 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।