सोमबार, चैत २, २०८२

कांग्रेस नेता पटेलमाथि थप्पड प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – भारतको गुजरातका कांग्रेस नेता हार्दिक पटेलमाथि थप्पड प्रहार भएकाे छ। चुवावी सभालाई सम्बोधन गर्दै गर्दा उनीमाथि थप्पड प्रहार भएको हो।

यो घटना सुरेन्द्रनगरको बढवानामा भएको हो। पटेलमाथि थप्पड प्रहार गर्ने व्यक्तिलाई त्यहाँ उपस्थित कांग्रेस कार्यकर्ताले कुटपिट गरी गम्भीर घाइते बनाएका छन्। प्रहरीले उनको उद्धार गरी अस्पताल पुर्‍याएको थियो। प्रहरीले घटनाबारे अनुसन्धान थालेको बताएको छ।
 
घटनापछि बोल्दै पटेलले भारतीय जनता पार्टीका कार्यकर्ताहरुले आफूलाई मार्न खोजेको बताए। उनले आफूहरुमाथि आक्रमण भए पनि चुप लागेर नबस्ने बताए।

बिहीबार मात्रै भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिम्हा माथि जुत्ता प्रहार भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।