सोमबार, चैत २, २०८२

लोकसभा चुनाव : दोश्रो चरणमा ६६ प्रतिशत मतदान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली- भारतमा बिहीबार भएको दोस्रो चरणको लोकसभा चुनावमा औसतमा ६६ प्रतिशत मत खसेको छ ।

भारतीय निर्वाचन आयोगले दिएको तथ्याङ अनुसार विभिन्न हिंसात्मक झडपका बावजूद पश्चिम–बंगालमा सबैभन्दा बढी ७६.४२ प्रतिशत मतदान भएको छ । 

केन्द्र शासित पुड्डुचेरी समेत १२  प्रदेशमा ९५ लोकसभा सिटका लागि मतदान भएको छ । विगतमा भएका यी स्थानहरुका निर्वाचनमा औसत ७० प्रतिशत  मतदान हुने गरेको तथ्याँक छ । 

दोश्रो चरणमा १२ राज्यमा मतदान सम्पन्न भएपछि अब आउदो २३ अप्रिलमा ११६ स्थानकालागी मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार जम्मा जम्मी यी स्थानहरुमा ६६ प्रतिशत मतदान भएको छ । 

दक्षिण पूर्वी राज्य उडिशाको गन्जाममा जारी मतदानका क्रममा मतदान गर्न लाईनमा उभिएका एक वृद्धको मृत्‍यु भएको थियो । आउँदो २३  अप्रिलमा १४ राज्यमा ११६ स्थानका लागि तेश्रो चरणको मतदान हुने तयारी रहेको छ ।  

कहाँ -कति मतदान भयो ?

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।