मंगलबार, असार २३, २०८३

पहिलो तीन खेलमा पीएसजीको शतप्रतिशत जित

फ्रेन्च शीर्ष डिभिजन फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले तेस्रो जित निकालेको छ। ब्रिस्टको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा पीएसजीले घरेलु टिमविरुद्ध ४–२ गोलको जित निकालेको हो।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं- फ्रेन्च शीर्ष डिभिजन फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले तेस्रो जित निकालेको छ। ब्रिस्टको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा पीएसजीले घरेलु टिमविरुद्ध ४–२ गोलको जित निकालेको हो।

पीएसजीको जितका लागि एन्डर हेर्रेरा, केलियन एम्बाप्पे र इडरिसा गुए र एन्जर डि मारियाले गोल गरे। खेलको २३औं मिनेटमै एम्बाप्पेको हाई पासलाई हेर्रेराले हेडरमार्फत् पोस्टमा छिराए थिए।

यससँगै बग्रता बनाएको पीएसजीले ३६औं मिनेटमा एम्बाप्पेको गोलसँगै अग्रता दोब्बर बनाएको थियो। तर, ४२औं मिनेटमै ब्रिस्टका फ्रांक होनर्टले गोल गरेर पहिलो हाफमा खेलको नजिता २–१ बनाएका थिए।

पहिलो हाफमा एक गोलले अघि रहेको पीएसजीले दोस्रो हाफमा दुई गोल थप्यो। दोस्रो हाफको लामो समय गोल नभए पनि ७३औं मिनेटमा गुएले गोल गरे। तर, ८५औं मिनेटमा ब्रिस्टका स्टिभ माउनीले गोल गरेपछि भने खेल ३–२ गोलअन्तरमा पुगेको थियो।

यद्यपी ब्रिस्टले पुनरागमन गर्न सकेन। बरु डिमारियाले खेलको अन्तिम मिनेटमा गोल गरेसँगै ४–२ गोलअन्तरको नतिजाका साथ पीएसजीले खेल जित्यो। डिमारियाका लागि हाकिमीले पास उपलब्ध गराएका थिए।

यो जितसँगै पीएसजीले तीन खेलबाट ९ अंक बनाएको छ। यता स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडबाट यसै सिजन क्बमा अनुबन्ध भएका सर्जियो रामेस र लियोनेल मेस्सीले पीएसजीबाट डेब्यू गर्ने अवसर पाएका छैनन्।

प्रकाशित: Aug 21, 2021| 07:55 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।