सोमबार, चैत २, २०८२

भारतमा दोस्रो चरणको मतदान जारी, बिहारमा पनि आजै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
असाम- भारतको तल्लो सदन लोकसभाका लागि विहीबार दोस्रो चरणको मतदान भइराखेकाे छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान भइरहेकाे हाे । 

आयोगका अनुसार, असाम (५ स्थान), बिहार (५ स्थान), छत्तीसगढ (३), जम्मु र काश्मिर (२), कर्नाटक (१४), महाराष्ट्र (१०), मणिपुर (१), उडिसा (५), तामिलनाडु (३८), उत्तर प्रदेश ८), पश्चिम बंगाल (३) र पोन्डीचरी (१)का ९५ स्थानका लागि चुनाव हुँदैछ । 

निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपति रामनाथ कोबिन्दले धाँधलीको आशंकामा तामिलनाडु राज्यको भेल्लोरको मतदान रद्द गर्नुभएको थियो । मतदानमा ठूलो मात्रामा रकम बरामद भएपछि आयोगले उक्त निर्वाचन क्षेत्रको मतदान रद्द गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

बिहीबारको चुनावमा कर्नाटकबाट पूर्व प्रधानमन्त्री एवं जनता दलका अध्यक्ष एचडी देवेगौडा चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिल गौडा पनि पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् ।

जम्मु काश्मिरको श्रीनगर क्षेत्रमा नेसनल कन्फ्रेन्सका नेता फारुक अब्दुल्लाह पनि चुनावी मैदानमा छन्। चुनावमा सम्भावित हिंसालाई ध्यानमा राखेर सरकारले श्रीनगर र घाँटीका अरु क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । 

उत्तर प्रदेशको मथुरामा नायिका हेमा मालिनी भारतीय जनता पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्दै छिन् । उनी राष्ट्रिय लोकदलका नरेन्द्र सिंह र कङ्ग्रेसका तर्फबाट स्थानीय उद्योगी महेश पाठक हेमा विरुद्ध चुनाव लड्दै छन्। तामिलनाडुमै पूर्व अर्थमन्त्री पी चिदम्बरमका छोरा कार्ती चिदम्बरम चुनावी प्रतिस्पर्धामा छन् । 

निर्वाचन आयोगका अनुसार, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९.४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।