काठमाडौं – भारतमा बिहीबार हुने दोस्रो चरणको लोकसभा चुनावका लागि सम्पूर्ण तयारी पुरा भएको भारतीय चुनाव आयोगले जानकारी दिएको छ। बिहीबार १२ राज्यमा ९६ सिटका लागि चुनाव हुन लागेको हो।
यसअघि १३ राज्यका ९७ लोकसभा सिटका लागि निर्वाचन गरिने तय भएपनि तमिलनाडुमा हुने मतदान स्थगित गरिएपछि अब ९६ सिटका लागि मतदान हुन लागेको आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार बिहीबार हुने निर्वाचनमा करिब १ करोड ४० लाख भारतीयले मताधिकारको प्रयोग गर्नेछन्। जसमा ७५ लाख ८३ हजार पुरुष रहेका छन् भने ६४ लाख ९२ हजार महिला मतदाता रहेका छन्।
दोस्रो चरणमा तमिलनाडुका ३८, कर्नाटकका १४ , महाराष्ट्रका १०, उत्तर प्रदेशका आठ, आसाम, बिहार र ओडिशा का पाँच/पाँच, छत्तीसगढ़ तथा पश्चिम बंगाल का तीन/तीन, जम्मू कश्मीरका दुई तथा मणिपुर, त्रिपुरा एवं पुडुचेरीका एक/एक सीटका लागि मतदान हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४