शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इन्डोनेसियामा राष्ट्रपतिय चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको अनुमान

इन्डोनेसियामा राष्ट्रपतिय चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको अनुमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
जकार्ता - इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ। 

पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ। 

राष्ट्रपति जोको विडोडो पनि चुनावी मैदानमा छन्। उनलाई पूर्व सैनिक जनरल प्रावोओ सुबियान्तोले कडा टक्कर दिएका मतसर्वेक्षणहरुले देखाएका छन्। विडोडोले सन् २०१४ मा पनि जनरल सुबियान्तोलाई नै झिनो मतान्तरमा पराजित गरेका थिए।

अधिकांश मतसर्वेक्षणहरुले विडोडो नै निर्वाचित हुने अनुमान गरेका छन्। तर विपक्षीहरुले चुनावमा कडा प्रतिस्पर्धा हुने दाबी गरेका छन्। 

सेतो सर्ट र परम्परागत पेकी टोपी लगाएर बोगोरको मतदान केन्द्रमा पुगेका सुबियान्तोले आफू यसपटक निर्वाचित हुनेमा पूर्ण रुपमा विश्वस्त रहेको बताए।

राष्ट्रपति विडोडोले भने प्रथम महिला इरियाना विडोडोका साथ राजधानी जकार्तामा मतदान गरेका थिए।“मैले सन्तोषको श्वास फेरेको छु,” मतदान गरेपछि सञ्चारकर्मीसँग विडोडोले भने। 

मतदान सकिएको दुई घण्टापछि नै मतदान केन्द्रहरुबाट नमुना मतपत्रका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले तयारी गरेको छ।  राष्ट्रपतिका विजयीको औपचारिक घोषणा मे महिनामा मात्र हुनेछ।

चुनावमा कुनै विवाद उत्पन्न भएमा संवैधानिक अदालतले छिनोफानो गर्ने संवैधानिक प्रावधान रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।