शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भोपालमा भाजपाकी साध्वी र कांग्रेसका सिंहबीच कडा प्रतिष्पर्धा हुने

भोपालमा भाजपाकी साध्वी र कांग्रेसका सिंहबीच कडा प्रतिष्पर्धा हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
भोपाल – भारतीय प्रान्त मध्यप्रदेशको भोपालमा मे १२ तारिखमा हुने लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले साध्वी प्रज्ञा ठाकुरको उम्मेदवारीलाई पक्कापक्की गरेको बताएको छ।

उनी मध्यप्रदेशका पूर्व मुख्यमन्त्री एवं भारतीय राष्ट्रिय कांग्रेसका नेता दिग्विजय सिंहका विरुद्ध चुनावी मैदानमा उत्रिएकी हुन्। यसै निर्वाचन क्षेत्रका लागि राज्यका पूर्वमुख्यमन्त्री तथा भाजपा नेता शिवराज सिंह चौहानलाई टिकट दिने भन्ने चर्चा पनि थियो। 

यद्दपी भाजपा निकट राष्ट्रिय स्वयंसेवक संघले उक्त स्थानकालागि मालेगाउँ विस्फोटमा आरोपीत भएर राष्ट्रिय अनुसन्धान एजेन्सीको अनुसन्धानबाट गुज्रिएकी साध्वी प्रज्ञाको नाम अघी सारेपछि अन्य उम्मेदवारको नाम खारेज भएको छ। 

भारतीय जनता पार्टीलाई भारतीय लोकतान्त्रिक संस्कृतिमा हिन्दुत्वको मुद्दा मिसाएर धर्म निरपेक्षतामाथि निरन्तर प्रहार गरेको आरोप लागिरहेको छ। भारतीय जनता पार्टीबाट सन् २०१४ मा चुनाव जितेर गुजरातको प्रान्तीय राजनीतिबाट भारतको केन्द्रीय राजनीतिमा स्थापित हुन पुगेका वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध पनि हिन्दू धर्मान्धता र अतिवादी सोच भएका व्यक्तिको रुपमा विरोधी दल भारतीय राष्ट्रिय कांग्रेसले चित्रित गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।