आइतबार, जेठ ३, २०८३

काठमाडौं उपत्यकामा सक्रिय संक्रमित कति?

काठमाडौं उपत्यकामा हाल ११ हजार ६ सय ३१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा हाल ११ हजार ६ सय ३१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा हाल सक्रिय संक्रमित संख्या ७ हजार ८ सय ६७, भक्तपुरमा १ हजार ४ सय ७४ तथा ललितपुरमा २ हजार २ सय ९० रहेको छ।

काठमाडौं उपत्यकामा शुक्रबार मात्रै ८ सय ९४ संक्रमित थपिएका थिए। काठमाडौंमा ६ सय ४, ललितपुरमा १ सय ८७ तथा भक्तपुरमा १ सय ७ जनामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। 

यस्तै हालसम्म देशभर कूल संक्रमित संख्या आठ लाख २३ हजार ६ सय ४७ पुगेको छ। हालसम्म छ लाख ९३ हजार ५ सय ४३ जना कोरोनाबाट मुक्त भइसकेका छन्। नेपालमा कोरोना संक्रमण निको हुने दर ९३.१ प्रतिशत रहेको छ। हाल देशभर सक्रिय संक्रमित संख्या ४० हजार ३ सय ९ रहेको छ। 

हाल देशभर ७१४ संक्रमितको सघनउपचार कक्षमा तथा १७१ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या १० हजार ४५५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 21, 2021| 07:34 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्