शुक्रबार, जेठ १, २०८३

अस्ट्रेलियाको आप्रवासी तथा भिसा नीति परिवर्तन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - अस्ट्रेलियाले आप्रवासी तथा भिसा नीतिमा परिवर्तन गरेको छ। अस्ट्रेलियाले सिड्नी, मेलबर्न, ब्रिसबेन र गोल्ड कोस्ट बाहेकका ग्रामिण इलाकामा जाने विद्यार्थी तथा आप्रवासीलाई प्राथमिकता दिने गरी नीति ल्याएको हो। 

डिलाइट एभ्रोड एजुकेशन सेन्टरका प्रवन्धनिर्देशक हेमराज सिग्देलल‍े अस्ट्रेलियाका माथि उल्लेखित प्रमुख शहरहरूमा अत्यधिक जनसंङ्ख्या वृद्धिले गर्दा निम्त्याएको समस्यालाई सम्बोधन गर्नका लागि सरकारले ती क्षेत्र भन्दा बाहिर जान प्रोत्साहित गर्ने गरी यो योजना सार्वजनिक गरेकाे बुझिएको बताए। 

अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या पनि कटौती गरेको छ। उसले आप्रवासीको वार्षिक संख्या कटौती गर्दै १ लाख ६० हजार कायम गरेको हो। अंग्रेजी भाषामा दख्खल भएका र दक्ष कामका आप्रवासीलाई दिने प्राथमिकता भने उसले यथावत राखेको छ। 

अष्ट्रेलियाले भिसा शुल्कमा पनि केही वृद्धि गरेको छ। आगामी चार वर्षमा ४ हजार ७ सय २० छात्रवृत्ति अस्ट्रेलियन तथा अन्तर्रािष्ट्रय विद्यार्थीलाई प्रदान गर्ने योजना पनि उसले अघि सारेको छ।

अस्ट्रेलियाको सरकारी तथ्यांकअनुसार सन् २००६ देखि सन् २०१६ सम्म आएका नवआगन्तुक आप्रवासीहरूमध्ये २७.६ प्रतिशत सिड्नीमा र २६.३ प्रतिशत मेलबर्नमा बसोबास गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।