शुक्रबार, जेठ १, २०८३

आदित्यनाथ र मायावतीको चुनावी प्रचारमा रोक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - भारतीय चुनाव आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीकी प्रमुख मायावतीको चुनावी प्रचारप्रसारमा रोक लगाएको छ।

आयोगले भोली अर्थात मंगलबारबाट लागु हुने गरि आदित्यनाथलाई ७२ घण्टा र मायावतीलाई ४८ घन्टा यस्तो प्रतिबन्ध लगाएको हो। जसअनुसार आदित्यनाथलाई १६,१७ तथा १८ अप्रिल र मायावतीले १६ र १७ तारिखसम्म यस्तो प्रतिबन्ध लाग्ने छ।
 
यस अवधिमा उनीहरुले कुनै प्रचारात्मक कार्यक्रम गर्न पाउने छैनन् भने उनीहरुको सामाजिक सञ्जालमासमेत प्रतिबन्ध लगाइने भएको छ। मंगलबार ६ बजेबाट यो प्रतिबन्ध लागु हुने आयोगले जानकारी दिएको छ। 
 
किन लगाइयो प्रतिबन्ध
 
मायावतीले चुनावी प्रचारप्रसारका क्रममा उत्तर प्रदेशको देवबंदमा मुस्लिम समुदायसँग भोटका लागि अपील गरेकी थिइन्। उनले मुस्लिम समुदायका मानिसलाई आफ्नो भोट विभाजन हुन नदिन र महागठबन्धनलाई मात्रै भोट दिन अनुरोध गरेकी थिइन्। मायावतीको यसै भाषणलाई धर्मको प्रयोग गरी भोट माग्दै आचारसंहिता उल्लङ्घन गरेको आरोप लाग्यो। 

यता उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मायावतीलाई लक्षित गर्दै आफ्नो एक सम्बोधनका क्रममा विपक्षीलाई अली राम्रो लागे आफुलाई बजरंग बली मन पर्ने बताएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।