मंगलबार, असार २३, २०८३

एभरेष्ट प्रिमियर लिगको प्रायोजन त्रिवेणी ग्रुपले गर्ने

आउँदो स्पेटेम्बर २५ बाट काठमाडौंमा सुरु हुने चौथो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रायोजन त्रिवेणी ग्रुपले गर्ने भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने लिगलाई त्रिवेणीले प्रायोजन गरेको हो।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– आउँदो स्पेटेम्बर २५ बाट काठमाडौंमा सुरु हुने चौथो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रायोजन त्रिवेणी ग्रुपले गर्ने भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने लिगलाई त्रिवेणीले प्रायोजन गरेको हो।

टाइटल स्पोन्सर गरेको त्रिवेणी ग्रुपका साकेत संघाईले महामारीको समयमा हुन लागेको लिगले खेलमा सहयोग पुर्याउने बताए। प्रतियोगिताले नेपाली क्रिकेटलाई विश्वमा नै चिनाएको उनले बताए।

प्रतियोगिताको अनलाइन प्रसारण ओएसआर स्पोर्टसले गर्ने भएको छ भने प्रतियोगिताको सहप्रायोजकको रुपमा डाबर रियल इम्युनो म्याङ्गो रहेको छ।

प्रतियोगिताको बजार पार्टनर रहेको एड प्याडका व्यवस्थापक सुरज गिरीले यो सिजनको मिडिया प्रसारणमा थप गुणस्तर प्रदान गर्ने बताए। 

प्रतियोगिताको प्रिसिजन सेप्टम्बर १० बाट सुरु हुनेछ। पछिल्लो संस्करणको ईपीएल भैरहवालाई हराउँदै ललितपुर प्याट्रिओट्सले जितेको थियो।

ईपीएल प्रालिका अध्यक्ष अमिर अख्तरले ईपीएललाई ग्लोबल प्लेटफर्ममा लौजान यो वर्ष टेलिभिजन प्रसारणमा गुणस्तर थप गरेको बताए।

प्रकाशित: Aug 20, 2021| 18:00 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।