काठमाडौं– आउँदो स्पेटेम्बर २५ बाट काठमाडौंमा सुरु हुने चौथो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रायोजन त्रिवेणी ग्रुपले गर्ने भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने लिगलाई त्रिवेणीले प्रायोजन गरेको हो।
टाइटल स्पोन्सर गरेको त्रिवेणी ग्रुपका साकेत संघाईले महामारीको समयमा हुन लागेको लिगले खेलमा सहयोग पुर्याउने बताए। प्रतियोगिताले नेपाली क्रिकेटलाई विश्वमा नै चिनाएको उनले बताए।
प्रतियोगिताको अनलाइन प्रसारण ओएसआर स्पोर्टसले गर्ने भएको छ भने प्रतियोगिताको सहप्रायोजकको रुपमा डाबर रियल इम्युनो म्याङ्गो रहेको छ।
प्रतियोगिताको बजार पार्टनर रहेको एड प्याडका व्यवस्थापक सुरज गिरीले यो सिजनको मिडिया प्रसारणमा थप गुणस्तर प्रदान गर्ने बताए।
प्रतियोगिताको प्रिसिजन सेप्टम्बर १० बाट सुरु हुनेछ। पछिल्लो संस्करणको ईपीएल भैरहवालाई हराउँदै ललितपुर प्याट्रिओट्सले जितेको थियो।
ईपीएल प्रालिका अध्यक्ष अमिर अख्तरले ईपीएललाई ग्लोबल प्लेटफर्ममा लौजान यो वर्ष टेलिभिजन प्रसारणमा गुणस्तर थप गरेको बताए।