इस्लामाबाद - पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेटामा शुक्रवार बिहानै गराइएको एउटा बम विस्फोटमा कम्तीमा १६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रान्तीय राजधानी क्वेटाको हजारगन्ज क्षेत्रस्थित एउटा तरकारी बजारमा विस्फोट भएको प्रहरीले जनाएको छ। बजारमा रोकिराखेको प्रहरीको गाडीलाई लक्षित गरी विस्फोट गराइएको विवरणहरूमा जनाइएको छ। हताहतीबारे प्रहरी अधिकारी अब्दुल रज्जाक चीमाले भने, "हमलामा १६ जना मारिएकोमा आठजना हजारा समुदायका छन् भने एक सुरक्षाकर्मी र बाँकी तरकरी बजारका मान्छे छन्।"
विस्फोटमा कम्तीमा १५ जना घाइते भएको र उपचारका लागि उनीहरूलाई अस्पताल पुर्याइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४