सोमबार, चैत २, २०८२

सुडानी सेनाले शासन हातमा लियो, राष्ट्रपति पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गर्दै सेनाले शासन आफ्नो हातमा लिएको छ। राष्ट्रपतिलाई सुडानी सेनाले राज्यको शक्तिबाट हटाएर नियन्त्रणमा लिएको रक्षा मन्त्री अवाद इब्नौफले राज्यद्धारा सञ्चालित टेलिभिजनबाट घोषणा गरेका छन्। उनले राष्ट्रपतिलाई सुरक्षित स्थानमा राखिएको बताए।

बशिरले राज्य विद्रोह ‘कू’ गरी सन् १९८९ देखि हालसम्म शासन गर्दै आएका थिए। विगत चार महिनादेखि भएको रक्तपातपूर्ण आन्दोलनपछि उनलाई सेनाले पदमुक्त गरेको हो। रक्षामन्त्री इब्नौफले देशको हवाई क्षेत्र र सिमा क्षेत्रहरु बन्द गरिएको र अन्तर्राष्ट्रिय आवतजावतमा अर्को सूचना जारी नहुँदासम्म निषेध गरिएको जनाए।
 
सेनाले बन्दी बनाइएका सवै राजनीतिक नेताहरुलाई समेत थुनामुक्त गरिदिएको घोषणा गरेको छ। 

सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट सुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिएका छन्।

यसैबीच सेनाले सत्ता लिएको विरोधमा हजारौँ सुनाडी प्रदर्शनमा उत्रिएका छन्। सैन्य शासन पनि ओमरको भन्दा फरक नहुने भन्दै नागरिकहरुले सुडानको राजधानी खार्तुम लगायतका स्थानमा प्रदर्शन गरेका हुन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।