शुक्रबार, चैत २७, २०८२

नेपालले चीनसँग दुई मैत्रिपूर्ण खेल खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली महिला यू-१९ टोलीले चीनमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली महिला टोलीले एक खेल चीनको एक स्थानिय टिमसँग र एक खेल चीनको यू-१५ महिला टोलीसँग खेल्ने भएको हो । 

अक्टोवर २७ देखी नोभेम्बर ९ सम्म थाईल्याण्डमा हुने एएफसी यू-१९ कपको दोस्रो चरण छनोटको तयारीका लागि नेपाली टोलीले दुई मैत्रिपूर्ण खेल खेल्न लागेको हो । तर, नेपाली टोली चीन प्रस्थान गर्ने मिती भने तय भएको छैन् । 

एएफसी यू-१९ कपको दोस्रो चरणको छनोटमा समूह ‘क’मा रहेको नेपालले आफ्नो पहिलो खेल अप्रिल २६ मा अस्ट्रेलियासँग खेल्ने छ । त्यस्तै २८ अप्रिलमा उज्वेकस्तान र ३० अप्रिलमा म्यानमारविरुद्ध नेपाली यु-१९ महिला टोलीले खेल्ने छन् । 

थाईल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह ‘ख’ को उपविजेता हुँदै दोस्रो चरण प्रवेश गरेको थियो । दोस्रो चरणको छनोटमा समूह ‘क’मा नेपालसँगै अस्ट्रेलिया, उज्वेकस्तान र म्यानमार रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।