काठमाडौं- नेपाली राष्ट्रिय महिल फुटबल टोलीकी डिफेन्डर पुजा रानाले भुटानको शीर्ष डिभिजनकोे महिला लिग खेल्ने भएकी छिन् । उनले भुटान महिला सुपर लिग खेल्ने भएकी हुन्।
पुजाले उक्त लिगमा सनराइज फुटबल क्लबबाट खल्ने छिन् । भुटान फुटबल फेडेरेसनले उक्त लिग सन २०१६ बाट सुरु गरेको थियो । भुटान महिला सुपर लिगको यो चौंथो संस्करण हो ।
पुजाले राष्ट्रि सिनियर टोलीमा नेपालमा आयोजना भएको साँचौ संस्करणको साफ महिला च्याम्पियनस सिपबाट डेब्यु गरेकी हुन । उनले बंगलादेशसँगको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।
विराटनगरमा भएको साफ च्याम्पियनस सिपको सेमिफाइनल खेलमा पुजाले खेलको ८३ औं मिनेटमा मैदान प्रवेश गर्दै सिनियर टोलीमा डेब्यु गरेकी हुन् । उनले मन माया लिम्बुको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
उनी नेपाली यु-१९ राष्ट्रिय महिला फुटबल टिमकी मुख्य सदस्य समेत हुन् । यू-१९ टिममा आफलाई उत्कृष्ट साबित गर्दै पुजाले राष्ट्रिय टिममा समेत आफुलाई डेब्यु गराउन सफल भएकी हुन् । उनी घरेलु फुटबलमा विभागीय टिम नेपाल आर्मीकीबाट खेल्दै आएक छिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४