मंगलबार, असार २३, २०८३

एसियाली प्रतियोगिताका लागि टेबलटेनिसका ६ खेलाडी छनोट

सो प्रतियोगिताबाट पुरुष र महिलातर्फ समान ३–३ खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुन लागेको २५औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो।

सो प्रतियोगिताबाट पुरुष र महिलातर्फ समान ३–३ खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन्।

पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए। वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका संयोग कपाली र विलोश श्रेष्ठ रहेका छन्।

महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानिए। वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियंका राई छन्।

छनोटमा समान ९–९ पुरुष/महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता दोहामा असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: Aug 20, 2021| 15:32 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।