मंगलबार, माघ ६, २०८२

नेपाली महिला फुटबल वरीयता एक स्थान खस्कियो

फिफाको नयाँ महिला फुटवल वरियताअनुसार नेपाल १०१औं स्थानमा छ। यसअघि नेपालको वरीयता १००औं स्थानमा थियो।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- नेपाली महिला फुटबलको फिफा वरियता एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार नेपाली महिला फुटवल फिफा वरियतामा एक स्थान तल झरेको हो। 

National life

फिफाको नयाँ महिला फुटवल वरियताअनुसार नेपाल १०१औं स्थानमा छ। यसअघि नेपालको वरीयता १००औं स्थानमा थियो। 

फिफाले सार्वजनिक गरेको वरीयताअनुसार शीर्षस्थानमा अमेरिका छ भने दोस्रो स्थानमा स्विडेन छ।

त्यस्तै, जर्मनी, नेदरल्यान्ड र फ्रान्स क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्। क्यानडा वरियताको छैटौं स्थानमा छ। सन् २०२१ अगस्ट ८ मा सम्पन्न टोकियो ओलम्पिकमा स्विडेनलाई हराउँदै क्यानडाले पहिलो पटक ओलम्पिक स्वर्ण जितेको थियो।

प्रकाशित: Aug 20, 2021| 15:26 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।