एजेन्सी- अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी ला लिगाको इतिहासमा सर्वाधिक ‘प्लेयर अफ दि मन्थ’ को उपाधि जित्ने दोस्रो खेलाडी बनेका छन् ।
जारी सिजनको मार्च महिनामा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले ला लिगाको इतिहासमा सर्वाधिक ‘प्लेयर अफ दि मन्थ’को उपाधि जित्ने दोस्रो खेलाडी बनेका हुन् । उनी फ्रान्स तथा एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजमन पछि ला लिगामा ‘प्लेयर अफ दि मन्थ’को उपाधि जित्ने दोस्रो खेलाडी हुन् ।
ग्रिजमनले ६ पटक ‘प्लेयर अफ दि मन्थ’को उपाधि जितेका छन् । यता मेस्सीले भने पाँच पटक उक्त उपाधि जितेका छन् । मेस्सीले मार्चमा एक ह्याट्रिकसहित ६ गोल र एक असिस्ट गरेका थिए ।
उनले ला लिगा अन्तर्गत रियल बेटीसविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए ।यसअघि मेस्सीले सन् २०१६, सन् २०१७ र सन् २०१८ मा दुई पटक ‘प्लेयर अफ दि मन्थ’को उपाधि जितेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४