बुधबार, साउन २०, २०८३

तारागाउँको जग्गा सरकारको नाममा ल्याउन निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै उक्त जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको हो। तत्कालिन तारा गाउँ विकास समितिको नाममा रहेको १५० रोपनी जग्गा होटलको नाममा रजिस्ट्रेसन पास गरिदिएको विषयमा छानबिन गर्न समेत निर्देशन दिइएको छ। 

उपसमितिले तारा गाउँ विकास समितिको १५४ रोपनी जग्गा हडप्ने किसिमले अख्तियारको दुरुपयोग गर्दै गरेको गैरकानूनी लिज सम्झौता प्रक्रिया पु¥याई रद्द गर्न समेत निर्देशन दिएको छ। तारागाउँ रिजेन्सीले आफूलाई घाटामा गएको देखाई आफूलाई लाभ हुने गतिविधि गरेको भन्दै यस विषयमा पनि छानविन गर्न निर्देशन दिएको छ।

सांसद अग्नि सापकोटाको नेतृत्वमा तारा गाउँ रिजेन्सी होटल्समा भएको अनियमितता छानबिन गर्न संसदीय समितिले उपसमिति गठन गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।