बुधबार, साउन २०, २०८३

संगै रक्सी खाएर श्रीमतीले गरिन श्रीमानको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बनेपा- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । 

प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् । सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो ।

सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा शनिबार मृत्यु भएको हो । खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएकी छिन् । उनी बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । प्रहरीले हत्यामा संलग्न लालीमायालाई पक्राउ गरेको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।