बुधबार, साउन २०, २०८३

आजका अखबार : राजधानीका कागमा समेत बर्डफ्लु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।

कान्तिपुर दैनिकले चटपटेको भरमा हुरीपीडित शीर्षकमा मुख्य समाचार छापेको । सामुहिक मेस बन्द भएपछि हुरी प्रभावित क्षेत्रका बासिन्दा चिउरा, चाउचाउ, बिस्कुट, भुजा खाएर छाक टारिरहेका छन् । दाल चामल भएपनि भाँडाकुँडा नहुँदा पकाएर खान नपाएको समाचारमा उल्लेख छ ।
 
यस्तै कान्तिपुर कागमा समेत बर्डफ्लु भेटिएको विषयलाई एङ्कर न्यूज बनाएको छ ।

राजधानीको नारायणहिटी राजदरबार क्षेत्रका कागमा बर्डफ्लु देखिएको छ । लैनचौरस्थित ब्रिटिस दूतावास र राहदानी विभाग क्षेत्रमा मरेका करिब २ सय कागमा बर्डफ्लु (एच५एन१) रहेको पुष्टि भएको समाचारमा जनाइएको छ ।

सरकारले विश्व पशु स्वास्थ्य संगठनमा पठाएको प्रतिवेदनअनुसार कागहरू चैत ३ देखि मर्न थालेका थिए । प्रयोगशाला परीक्षणबाट चैत ७ मा ती कागमा बर्डफ्लु (एच५एन१) रहेको पुष्टि भएको थियो । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, सर्लाही र मोरङका केही कुखुरा फार्ममा संक्रमण पुष्टि भएको छ । 

आजको नागरिक दैनिकले भने सरकारी जग्गामा भाटभटेनी र गैरआवासीय नेपालीको संघको भवन बनाएको खुलासा गरेको छ । डिल्लिबजार मालपोट कार्यालयका कर्मचारीसँग मिलेर सरकारले अधिग्रहण गरेको जग्गामा भाटभटेनी र एनआरएनको भवन बनाएको तथ्य खुलासा भएको हो ।

यस्तै नागरिकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले हिरा टिपेर ल्याएको दाबी गरेको विषयलाई मुख्य समाचार बनाएको छ । न्यायाधीश समाजको वार्षीक साधरण सभामा बोल्दै प्रधानन्यायाधीश राणाले पिएचडी होल्डरलाई न्यायाधीशमा ल्याउन आफूले प्रयत्न गरेको भन्दै सहयोग गर्न आग्रह समेत गरेका छन् । 

आजको नयाँ पत्रिकाले भने न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन विवादमा परेको विषयलाई मुख्य समाचार बनाएको छ। सम्मेलनमा न्यायाधीशहरुले प्रधानन्यायाधीशको कटाक्ष गरेका थिए । उनीहरुले धुलो आफ्नो अनुहारमा छ तर ऐना सफा गर्ने काम मात्रै प्रधानन्यायाधीशबाट भएको भन्दै कडा टिप्पणी गरेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।