डोटी- बडी केदार गाउँपालिकामा आयोजना भएको दुई दिने निशुल्क शिविरका लागि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा समाजसेवी डोटी जिल्ला शिखर नगरपालिका ८ का भिम बलायरले एक लाख सहयोग गरेका छन् ।
गाँउपालिकाका सबै वडाका लागि आयोजित निशुल्क मुटू तथा गाइनो शिविरका लागि कांग्रेस नेता तथा समाजसेवी बलायरले एक लाख सहयोग गरेका हुन् । उक्त रकम नेता बलायरले गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दलाई एक मार्यक्रमकाबीच हस्तान्तरण गरे ।
आफ्नी आमा गंगा देवी बलायर पनि मुटु रोग बाट ग्रसित भएको र अन्य सर्वसाधारणले पनि दु:ख नपाउन भन्ने उद्देश्यले यस परोपकारी कार्यका निम्ती कांग्रेस नेता भिम बलायर तथा उनका भाई सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धन बहादुर बलायरले संयुक्त रुपमा उक्त रकम सहयोग गरेका हुन् ।
नेता बलायरले जिल्लाका विभिन्न क्षेत्रको शिक्षा र स्वास्थ्य सम्बन्धि सुधारका लागि विभिन्न क्षेत्रमा कार्य र सहयोग गर्दै आएका छन् । निशुल्क शिविर गाउँपालिका स्थित विपिनगरमा शुक्रबार र शनिबार दुई दिन आयोजना गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४