काठमाडौं- आज चैत २३ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
चक्रवातबाट प्रभावितको राहतको लागी स्थायी आवास निर्माणको लागी प्रदेश मुख्यमन्त्री राहत कोषमा विभिन्न संघ संस्थाले योगदान दिइरहेका छन्।
हरेक साता वाग्मती नदीको सफाइ अभियान चल्छ। सफाइका लागि विभिन्न सङ्घसंस्था तथा स्वयंसेवीसमेत परिचालित हुन्छन्। फोहर सङ्कलन भएको टनटनको हिसाब पनि सार्वजनिक हुने गरेको छ। तर वाग्मती सधैँ उस्तै फोहोर नै छ। नदीका रुपमा भन्दा पनि ढलका रुपमा वाग्मती नदीले आफ्नो परिचय दिँदै आएको छ।
यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
देशभक्तीपूर्ण भावले ओतप्रोत र कुनै समय नेपालीको मुखमुखमा झुण्डीएको यो गीत वास्तविकता जस्तै भएको छ। गीतमा भनिएझै यतिखेर बारा र पर्सामा हावाहुरीले ठूलो चोट पुर्याएको छ। केही दिनअघिको हावाहुरीले बारापर्सामात्रै होइन सिंगो मुलुक नै रोएको छ। र त, हिमालदेखि पहाडसम्मका सहयोगी हातहरु लम्कीएका छन्। हावाहुरी पिडितको घाउँमा मलम लगाउन कर्णाली प्रदेश सरकारदेखि सर्वसाधारणसम्म सहयोग जुटाउन लागिपरेका छन्।
हावाहुरी प्रभावित बाराका पीडितका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करिब ५० लाख रुपैयाँ भन्दा बढी मूल्यको सोर्य बत्ती र सुधारिएको चुल्हो उपलब्ध गराएको छ।
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन्।
चैत्र २२ को शुक्रबार। साँझको करिव ५ बजेतिर आकाश निकै रिसायो। कालो निलो हुँदै हावाको बेगसँगै आएको बम–गोला भन्दा ठूलो आवाजमा गड्यागुड्डुङ गर्न थाल्यो। क्षणभरमै टाउँको फुट्ने गरी असिनाको वर्षा भयो। यही असिना पानीसँगै सुरु भयो कर्णाली राजमार्गको पीडा।
दोस्रो चरणको ओलम्पिक छनोटको दोस्रो खेलमा नेपाल भारसँग पराजित भएको छ । म्यानमारको मान्दलर थिरी स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३-१ ले पराजति भएको हो ।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले वारा र पर्साका हावाहुरी प्रभावित विद्यार्थीको बालमनोविज्ञानमा नराम्रो असर परेको पाइएको बताएका छन्। प्रभावित क्षेत्रमा पुगेर पीडितलाई राहत सामग्री प्रदान गरेका नेता महरले आफूले बालवालिको मनोविज्ञानमा नराम्रो असर परेको पाएको बताएका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कार्यसम्पादन समितिमा भागबन्डा नमिल्दा स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिच २९ सदसिय समितिमा कसकसलाई राख्ने भन्ने विषयमा कुरा नमिल्दा बैठक स्थगित भएको कांग्रेस नेता नरहरी आचार्यले जानकारी दिए।
वीरगंज महानगरपालिका अन्तर्गतको दुईवटा वडामा प्रदेश सरकारको लगानीमा करिब छ किलोमिटर सडक स्तरोन्नती को साथै कालोपत्रे गरिने भएको छ।
‘सखी’ मदन पुरस्कार विजेता रामलाल जोशीको तेस्रो कृति हो। यसअघि उनका ‘हत्केलामा आकाश’ गजल सङ्ग्रह २०५७ र ‘मदन पुरस्कार’ विजेता कृति ‘ऐना’ कथा सङ्ग्रह २०७२ बजारमा आइसकेका छन्। बुक हिलले असोज २० मा बजारमा ल्याएको ‘सखी’ ले यतिवेला लेखक जोशीलाई निकै व्यस्त बनाएको छ। साहित्यिक बजारमा पाठकको मन जितिरहेको कृतिले पाएको चर्चासँगै लेखक जोशीको व्यस्तता बढेको हो। ‘सखी’ को लोकप्रियतासँगै पाठकले जोशीलाई विभिन्न स्थानमा बोलाइरहेका छन। उनलाई यतिबेला देशका विभिन्न कुना कन्दराका पाठकसँग भेटघाट गर्दै ‘सखी’ चर्चा गर्न भ्याईनभ्याई छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो चरणको ओलम्पिक छनोटमा चिरपरिचित टोली भारतको सामना गर्दै छ । म्यानमारमा जारी ओलम्पिक छनोटमा पहिलो खेल गुमाएको नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खरैखोलाका शिक्षिका र विद्यार्थीबीचको सम्वादको केही अंश हो यो। गत शुक्रबार बिहान करिव साढे दश बजेतिर दुई छात्राहरु शिक्षिका कहाँ पुग्छन्। पिटी खेलिसकेपछि कक्षा कोठामा प्रवेश नगरेरै शिक्षिकालाई भेट्नुको कारण थियो सेनेटरी प्याड। गीता (नाम परिवर्तन) विद्यालय आउँदै गर्दा बाटोमा रजस्वला भएपछि उनलाई प्याड चाहिएको थियो।
बिहानैदेखि मौसममा खराबी आएपछि सुनसरीको चतराधाममा अर्धमहाकुम्भ मेला उद्घाटन गर्न जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम स्थगित भएको छ।
गत आइतबार साँझ आएको भीषण चक्रवातबाट प्रभावित बस्तीमा शौचालयको व्यवस्था नहुँदा दुर्गन्धसँगै रोग फैलनसक्ने जोखिम बढेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै छ। दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरिएको छ।
युएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ। उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी दुर्घटनामा परेको हो।
महोत्तरीको जलेश्वरमा शनिबार बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ।
बारा र पर्सा जिल्लाका हावाहुरी पीडितलाई नेपाल रेडक्रसल सहयोग प्रदान गरेको छ। विपद्बाट घर पूर्णक्षति भएका ५ सय ३५ परिवारलाई रेडक्रसले तत्काल सहयोगस्वरुप गैह्रखाद्य सहयोग सामग्री उपलव्ध गराएको हो।
त्यसै त चिकित्सकको अभाव झेलिरहने सुदूरपश्चिमका सरकारी अस्पतालमा पछिल्लो पटक भने चिकित्सकविहिन हुने अवस्था सृजना भएको छ।
पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण शनिबार बिहानै काठमाडौंसहित देशभरिकै मौसममा परिवर्तन आएको छ।
चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गतेदेखि नयाँ संवत्सर सुरु भएको छ। शनिबार बिहानीको सूर्योदयसँगै ‘विरोधीकृत’ नामक संवत्सर समाप्त भई ‘परिधावी’ नामक संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४