बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारा–पर्साको पीडामा ‘कर्णाली’को मलम, प्रदेश सरकारले करोड दिने

बारा–पर्साको पीडामा ‘कर्णाली’को मलम, प्रदेश सरकारले करोड दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत – पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’
हैनभने देशभक्ति छैन हाम्रो छातीभित्र,
माटोलाई चोट लाग्दा मुटुहरु रुनुपर्छ ।’

देशभक्तीपूर्ण भावले ओतप्रोत र कुनै समय नेपालीको मुखमुखमा झुण्डीएको यो गीत वास्तविकता जस्तै भएको छ। गीतमा भनिएझै यतिखेर बारा र पर्सामा हावाहुरीले ठूलो चोट पुर्‍याएको छ। केही दिनअघिको हावाहुरीले बारापर्सामात्रै होइन सिंगो मुलुक नै रोएको छ। र त, हिमालदेखि पहाडसम्मका सहयोगी हातहरु लम्कीएका छन्। हावाहुरी पिडितको घाउँमा मलम लगाउन कर्णाली प्रदेश सरकारदेखि सर्वसाधारणसम्म सहयोग जुटाउन लागिपरेका छन्। 

शनिबारमात्रै कर्णाली प्रदेश सरकारले एक करोड दिन निर्णय गरेको छ। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीका अनुसार राहत स्वरुप प्रदेश नं. २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारको तर्फवाट १ करोड उपलब्ध गराउने निर्णय गरेको हो।

यसअघि कर्णाली प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले करिव ४२ हजार बढी रुपैयाँ सहयोग गरिसकेका छन्। गएको बुधबार बसेको कांग्रेस संसदिय दलको बैठकले बारा र पर्साका हावाहुरी पीडितको राहतका लागि भन्दै ४२ हजार ४६६ रुपैयाँ नगद प्रदेश नं. २ सरकारको मुख्यमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। 

संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले पाउने पारिश्रमकको ७ दिन बराबर ११ हजार ६ सय ६६, सचेतक हिमबहादुर शाहीले ४ दिन बराबर ६ हजार ४ सय, सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले ४ दिन बराबर ६ हजार ४ सय, प्रदेशसभा सदस्य यज्ञबहादुर बिसीले ६ हजार, झोवा विकले ६ हजार र अमृता शाहीबाट ६ हजार गरेर सो रकम जम्मा गरेका थिए।

उसो त बारा र पर्सामा भएको धनजनको क्षतिमा थोरै मलम लगाउने कर्णालीवासीले यसअघिनै रगतदेखि राहतसम्म पठाई सकेका छन्। रगतको अभावमा घाइतेहरुले ज्यान गुमाउनु नपरोस् भनेर केहीदिन अघि कर्णाली इन्जिनियरिङ्ग समाज सुर्खेत र तराई इन्जिनियरिङ्ग समाजले रक्तदान कार्यक्रमनै आयोजना गरेका थिए। रक्तदान कार्यक्रमबाट संकलित ४६ प्वाइन्ट रगत बारा र पर्सामा पठाइसकिएको छ। 

संकलित रगत जिल्ला रेडक्रस मार्फत प्रभावित क्षेत्रमा पठाइएको हो। त्यस्तै जाजरकोट र दैलेखले पनि राहत सामग्री पठाइएको हो। जाजरकोटबाट कर्मचारीहरुले २३ हजार ५ रुपैयाँ २ र दैलेखले ४२ हजारबढी २ नम्वर प्रदेशका मुख्यमन्त्रि राहतकोषको खाता जम्मा गरिसकेका छन्। जाजरकोटकै स्थानीय व्यापारीहरुले समेत १ सय ९७ जोडा जुत्ता–चप्पल र १ सय ५३ थान लत्ता–कपडा प्रभावित जिल्लामा पठाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।