बुधबार, साउन २०, २०८३

हावाहुरी प्रभावितको राहतकोषमा २२ लाख सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – चक्रवातबाट प्रभावितको राहतको लागी स्थायी आवास निर्माणको लागी प्रदेश मुख्यमन्त्री राहत कोषमा विभिन्न संघ संस्थाले योगदान दिइरहेका छन्।

निजी क्षेत्रको तर्फबाट वीरगंजको सबैभन्दा पुरानो व्यापारिक घराना केडिया समूहले केडिया सेवा ट्रष्टमार्फत कोषलाई ११ लाख रुपैयाँ रकम उपलब्ध गराएको छ।

ट्रष्टका अध्यक्ष हिरालाल केडियाले विपतको अवस्थामा सबैले सक्दो सहयोग गर्नुपर्ने बताउँदै आँखा अस्पताल, विद्यालय मार्फत समाजसेवालाई संस्थागत रुपमा स्वीकार गरेको केडिया समूहले त्यसकै निरन्तरता स्वरुप कोषमा योगदान दिएको प्रतिकृया दिए।

यसैगरी शनिवार त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको तर्फबाट पनि मुख्य मन्त्री राहत कोषमा १० लाख रुपैयाँ भन्दा बढी उपलब्ध गराइएको छ 

ठाकुरराम बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा संघका अध्यक्ष भोजराज राउतले प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतलाई १० लाख ८२ हजार रुपैयाँको चेक हस्तान्तरण गरे।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री लालबाबु राउतले प्रदेश सरकारले चक्रवातबाट प्रभावितको पुनर्वासको विषयलाई प्राथमिकताको साथ लिएर आवश्यक पहल गरिरहेको बताए। उनले छोटो समयमा पुनर्वासको व्यवस्था मिलाउनको लागी नै सेनालाई पुनर्निर्माणको जिम्मेवारी दिइएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।