बुधबार, साउन २०, २०८३

देउवा पौडेल भागबन्डा नमिल्दा कांग्रेस बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कार्यसम्पादन समितिमा भागबन्डा नमिल्दा स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिच २९ सदसिय समितिमा कसकसलाई राख्ने भन्ने विषयमा कुरा नमिल्दा बैठक स्थगित भएको कांग्रेस नेता नरहरी आचार्यले जानकारी दिए।

शनिबार दिउसो एक बजेका लागि डाकिएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको थियो।

शुक्रबार मात्रै सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र शीर्ष नेताहरुको अनौपचारिक बैठकमा भागबण्डा मिलेको बताइएको थियो। सभापति देउवाले ६० र ४० को भागबण्डा गरी कार्य सम्पादन समिति टुंगो लगाउने प्रस्ताब गरेको र शनिकारको बैठकले त्यसलाई मूर्तरुप दिने बताइएको थियो। 

कांग्रेसको विधान अनुसार पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समितिमा सभापतिसहित ७ जना पदाधिकारी हुनेछन् भने बाँकी २१ जनामा केन्द्रीय समितिबाट आउने छन्। केन्द्रीय समिति बैठक बस्न नसकेको समयमा केन्द्रीय कमिटीले गर्नुपर्ने निर्णयहरु यस समितिलाई गर्ने अधिकार हुन्छ।

शनिबारको बैठक स्थगित भएसँगै अर्को बैठकको मिति तोकिएको छैन। नेताहरुबिच बाहिरै सहमति जुटाएर चाडै अर्को बैठक डाकिने एक नेताले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।