बुधबार, साउन २०, २०८३

वीरगंजमा ६ किलोमिटर सडक कालोपत्रे गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – वीरगंज महानगरपालिका अन्तर्गतको दुईवटा वडामा प्रदेश सरकारको लगानीमा करिब छ किलोमिटर सडक स्तरोन्नती को साथै कालोपत्रे गरिने भएको छ।

प्रदेश २ को सरकारले सडक निर्माणको लागी ८ करोड रुपैयाँ विनियोजन गरेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मनवामा ३ दशमलव ४६ किलोमिटर र नगवाको गणेश टोलमा  २ दशमलव ३१ किलोमिटरको कालोपत्रे गरिन लागेको हो।

यो मध्ये गणेश टोलमा वर्षातको समयमा पानीको बहाव थुनिएर महिना दिनसम्म डुबानको अवस्था देखिने गरेको छ।

लक्ष्मणवाको सडकको लागी ५ करोड ८ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको भौतिक पूर्वाधार विकास कार्यालय वीरञ्जका इन्जियिनर सन्जय साहले बताए। 

यो सडकको निर्माण कार्य १५ महिना भित्र निर्माण कार्य पुरा गर्ने शर्तमा ठेक्का सम्झौता गरिएको छ। साढे ५ मिटर फराकिलो सडक लक्षमणवाको भेडियाहीस्थित हरिहर साह विद्यालय हुँदै जिल्ला आयुर्वेद कार्यालय भवन कालोपत्रे निर्माण गरिनेछ।

सडकमा करिब १ किलोमिटर सम्म ढलान र बस्ती आसपासमा नाला समेत निर्माणको योजना रहेको इन्जिनियर साहले जानकारी दिएका छन्। लक्ष्मणवाको सडक निर्माण गर्ने जिम्मा महादेव खिम्ती–सन्तोष जेभी वीरगंजलाई दिइएको छ।

नगवाको गणेश टोलमा २ करोड ९१ लाख ९० हजार रहेको रुपैयाँमा २०७६ को चैतसम्ममा पुरा गर्ने शर्तमा ठेक्का सम्झौता गरिएको कार्यालयले जानकारी दिएको छ। नगवाको सडकको ठेक्का आश्रय–अंकित जेभीले पाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।