काठमाडौं - बिहानैदेखि मौसममा खराबी आएपछि सुनसरीको चतराधाममा अर्धमहाकुम्भ मेला उद्घाटन गर्न जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम स्थगित भएको छ।
मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको कार्यक्रम स्थगित भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। अधिकारीले प्रधानमन्त्री जान नसक्ने भएपछि उनले आफ्नो लिखित सम्बोधन पठाएको जानकारी दिए।
प्रधानमन्त्रीको कार्यक्रम स्थगित भएपछि अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४