बुधबार, साउन २०, २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै छ। दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरिएको छ। 

बैठकमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ। पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन्। तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन्। 
 
कांग्रेसले यसअघि पनि कार्यसम्पादन समिति गठन गरेको थियो। तर, पार्टीभित्रै विधानविपरीत धेरै सङ्ख्या रहेको भनी आलोचना भएपछि विघटन गरिएको थियो। 

यसअघि काठमाडौंमा सम्पन्न जिल्ला सभापतिको दुईदिने भेलाले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनर्विचार गर्न माग गरे पनि त्यसबारेमा शनिबारको बैठकमा छलफल हुने सम्भावना न्यून रहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।