जलेश्वर – महोत्तरीको जलेश्वरमा शनिबार बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेको पशुपति छापाखानामा शनिबार बिहान विद्युत् सर्ट भई आगलागी भएको हो।
छापाखानामा लागेको आगो जलेश्वर नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४