काठमाडौं - बारा र पर्सा जिल्लाका हावाहुरी पीडितलाई नेपाल रेडक्रसल सहयोग प्रदान गरेको छ। विपद्बाट घर पूर्णक्षति भएका ५ सय ३५ परिवारलाई रेडक्रसले तत्काल सहयोगस्वरुप गैह्रखाद्य सहयोग सामग्री उपलव्ध गराएको हो।
वितरण गरिएको सहयोग सामग्रीमा हरेक सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन्। यस्तो सामग्री २६ सय बढी मानिसहरु बाँडिएको रेडक्रसले जानकारी दिएको छ।
यसका अतिरिक्त ६ सय १२ परिवारलाई तारपोलिन तथा डोरी, १०० वटा म्याट्रेस र ४० वटा कम्बल पनि वितरण गरिएको छ। यस्तै रेडक्रसले ३ सय ६४ परिवारलाई तयारी खाना वितरण गरेको छ।
स्वास्थ्य अवस्थालाई ध्यानमा दिई १० हजार थान साबुन, पानी शुद्धिकरणको लागि एकलाख वटा ट्यावलेट, पानी राख्ने बाल्टी, सरसफाईका अन्य सामग्री ५०० सेट र २० वटा आपत्कालीन चर्पी पनि प्रभावित क्षेत्रमा पठाइएको छ।
प्रारम्भिक सर्वेक्षण अनुसार हावाहुरीले २ हजार ४ सय चार घरमा क्षति पुगेको छ। पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याङ्क संकलन गरिएको हो। बारामा १ हजार ८ सय ९५ घर र पर्सामा ५ सय ९ घर नराम्ररी प्रभावित भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४