बुधबार, साउन २०, २०८३

आजदेखि नयाँ संवत्सर सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गतेदेखि नयाँ संवत्सर सुरु भएको छ। शनिबार बिहानीको सूर्योदयसँगै ‘विरोधीकृत’ नामक संवत्सर समाप्त भई ‘परिधावी’ नामक संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
 
सौरमासअनुसार नव वर्ष वैशाख १ गतेदेखि सुरु हुने भए पनि चन्द्रमासअनुसार शनिबारदेखि नै नयाँ संवत्सर प्रारम्भ हुन्छ। परिधावी नामक संवत्सरको ग्रहपरिषद्मा शनि राजा र सूर्य प्रधानमन्त्री पदमा आसीन भएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। 

देश विशेषका शासकले सम्बन्धित राज्यमा शासन गरेजस्तै विश्व ब्रह्माण्डको शासन ग्रहपरिषद्ले गर्ने शास्त्रीय मान्यता छ। शनिलाई सूर्यको छोरा मानिन्छ। बाबु छोरा भए पनि यी दुई ग्रहबीच आपसमा शत्रुतापूर्ण सम्बन्ध रहेको चर्चा पुराण आदि धार्मिक ग्रन्थमा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।