काठमाडाैं - पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण शनिबार बिहानै काठमाडौंसहित देशभरिकै मौसममा परिवर्तन आएको छ।
काठमाडौं उपत्यकामा अध्यारो भई पानी पर्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा मात्र नभइ देशका अन्य स्थानहरुमासमेत पानी परिरहेको छ।
मौसमविद् मञ्जु बासीका अनुसार उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ। उनले केही समयका लागि मौसम खुल्ने सम्भावना रहे पनि शनिबार दिउँसोभरि नै पानी पर्ने सम्भावना रहेको बताइन्।
यस्तै उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। तराइका भूभागहरुमा आँधी आउनसक्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ। केही दिनअघि मात्रै तराइँकाे बारा र पर्सामा एक्कासी आएको ठू्लो हावाहु्रीले सयौं घर नष्ट गर्नुकासाथै २७ जनाको ज्यान लिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४