काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकमा टिकाटिप्पणी नगर्न आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले विधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन संशोधन गरेर सदनमा ल्याइएको र उक्त विषय छलफलकै क्रममा रहेकोले यसमा टिकाटिप्पणी गर्न नहुने बताएका हुन्।
नेता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको गतिविधि नियन्त्रणको लागि सरकारले प्रतिबन्धको कुरा गरेको स्पष्ट पारे। उनले भने, ‘कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ।’ सरकारले वार्ताका लागि ढोका खुला राखेको बताउँदै उनले गुरुङले विप्लव समूहलाई वार्तामा आउन आग्रहसमेत गरे।
उनले सरकारको काम सुधारोन्मुख रहेको बताए। अहिले आमूल परिवर्तनको अपेक्षा गर्ने खालको परिस्थिति नभएको उनको गुरुङको भनाइ छ।
पार्टीका तल्लो तहमा पनि छिट्टै एकता टुंगो लगाउने विश्वास नेता गुरुङले दिलाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४