काठमाडौं – थेरवाद बुद्धधर्म भिक्षु महासंघका संघनायक भिक्षु अस्वघोष महास्थवीरको आज (शुक्रबार) निधन भएको छ। मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो।
करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका ९४ वर्षीय भिक्षु अस्वघोषले करीब १५० कृतिहरू प्रकाशित गर्नुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिए। दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासंघको सल्लाहकारसमेत रहेका थिए।
भिक्षु तपस्सी धम्मकाअनुसार भिक्षुको पार्थीव शरीरलाई सर्वसाधारणको दर्शनका लागि आजै साँझबाट ढल्कोस्थित संघराम बिहारमा राखिने छ। महासंघको आपतकालीन बैठक साँझ ५ बजे बोलाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४