बुधबार, साउन २०, २०८३

परीक्षा केन्द्रभित्र कसरी पुग्यो मोबाइल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको माध्यमिक शिक्षा परीक्षा शुक्रबारदेखि पुनः सञ्चालन भएको छ। घटनामा प्रहरी  नै संलग्न रहेको र प्रश्नपत्र चुहाउन मोबाइल फोनको प्रयोग भएको अनुसन्धानका क्रममा पाइएको छ।

प्रश्नपत्र चुहाउनेदेखि चिट चोरीजस्ता गतिविधिमा मोबाइल फोनको व्यापक दुरुपयोग भएको पाइएपछि शुक्रबार सुरु भएको परीक्षामा केन्द्राध्यक्षबाहेक अन्य सबैलाई परीक्षा अवधिभर मोबाइल बोक्न रोक लगाइएको छ।

परीक्षा केन्द्रभित्र प्रवेश गर्नुपूर्व गेटमै सुरक्षाकर्मीले हरेक विद्यार्थीको शरीर चेकजाँच गर्ने गरेका छन् भने परीक्षा निरीक्षकहरुले फोन बन्द गरी केन्द्राध्यक्षको जिम्मा लगाउनुपर्ने निर्णय भएको छ। यद्यपि धनुषाको परीक्षा केन्द्रबाट शुक्रबार मोबाइल फोन फेला परेको छ।

तर धनुषाको एक परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका एक विद्यार्थीको साथबाट मोबाइल फोन बरामद भएको छ। परीक्षाको अनुगमन गर्न पुगेको अनुगमन टोलीले धनुषाको बर्कुर्वा परीक्षा केन्द्रमा परीक्षा दिइरहेको विद्यार्थीको साथबाट मोबाइल फोन बरामद गरेको हो।

परीक्षा दिइरहेका विद्यार्थीको गतिविधि शंकास्पद लागेपछि अनुमगन टोलीले चेकजाँच गर्दा ‘जियोमेट्री बक्स’ भित्रबाट मोबाइल फोन फेला पारेको थियो। बरकुर्वा परीक्षा केन्द्रमा जाँच सुरु भएको केहिबेरमै प्रश्नपत्र बाहिरिएको हल्ला चलेको केहिबेरमै पुगेको अनुगमन टोलीले विद्यार्थीको साथबाट मोबाइल बरामद गरेको हो।

मोबाइल बोकेर परीक्षा केन्द्रभित्र प्रवेश गरेका भन्दै तीनजना विद्यार्थी र परीक्षा मर्यादित बनाउन नसकेको भन्दै तीन परीक्षा निरीक्षक कारबाहीमा परेका छन्। फकिरचन्द मावि बरकुर्वाबाट दुईजना र ठेरा कचुरी परीक्षा केन्द्रबाट एकजना परीक्षा निरीक्षकलाई निस्कासित गरिएको धनुषाका निमित्त जिल्ला प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिएका छन्। निष्कासित भएका परीक्षा निरीक्षकविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।

यसैगरी परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै सबैला परीक्षा केन्द्रबाट दुई र जनकपुरधाम उपमहानगरपालिकाको मावि कुवारामपुरबाट एक विद्यार्थी निष्कासन गरिएको अर्यालले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।