बुधबार, साउन २०, २०८३

खकुरेल, दुवाल र आचार्यलाई 'नइ पुरस्कार'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नइ प्रकाशनले स्वास्थ्यविज्ञानमा समर्पित प्रा. डा. महेश खकुरेललाई ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने भएको छ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा समर्पित भई नेपालीभाषा र साहित्यको गरिमा बढाएबापत मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।

त्यसैगरी उपत्यका बाहिर बसेर नेपाली भाषासाहित्य र शिक्षासेवामा निरन्तर समर्पित रहँदै विशिष्ट योगदान पुर्‍याएको भन्दै किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गरिने भएको छ। 

यी पुरस्कारको राशि जनही पचास हजार रूपैयाँ रहेको छ। नइ प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नबैठकले उक्त निर्णय गरेको हो।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट नइ पुरस्कारहरू प्रदान गरिने अध्यक्ष प्रसाईले बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।