बुधबार, साउन २०, २०८३

सानेपामा भ्यानमाथि खस्याे ट्रक, २ जनाकाे मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन्।

शुक्रबार भएको दुर्घटनामा परी मृत्यु हुनेमा दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषाकी ४० वर्षीय डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ। जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक बा ७ च २१३१ नम्बरको भ्यानमाथि पल्टिएको थियो।

ट्रक चालकलाई पक्राउ गरि अनुसन्धान भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।