बुधबार, साउन २०, २०८३

देशभरका अस्पताल ठप्प, फेरि आन्दोलनमा उत्रिए डाक्टर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका सबै अस्पताल ठप्प बनाएका छन् । आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । 

कर्मचारी समायोजन ऐनका विषयमा असन्तुष्टि जनाउँदै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु कर्मचारी समायोजनका क्रममा कर्णाली र सुदूरपश्चिम पश्चिम प्रदेशमा अत्यन्त कम मात्रामा चिकित्सक पठाइएको,  संघ र प्रदेशमा चिकित्सक धेरै राखिएको विरोधमा चिकित्सकहरु आन्दोलित भएका हुन्। 

आन्दोलनका क्रममा आकस्मिकबाहेक अन्य सबै सेवा ठप्प पारिएको सरकारी चिकित्सकहरुको संघ (गोदान) का अध्यक्ष दीपेन्द्र पाण्डे जानकारी दिए। उनले चिकित्सकहरुलाई संघअन्तर्गत राख्न माग गरिए पनि सरकारले बेवास्ता गरेपछि आफूहरु आन्दोलित हुन बाध्य भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।