बुधबार, साउन २०, २०८३

माथिल्लो डोल्पामा हिमपहिरो, तीन जना बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- माथिल्लो डोल्पामा गएको हिमपहिरोमा परी तीन जना वेपत्ता भएका छन् । क्रिष्टल मान्टेन (दोस्रो कैशाल क्षेत्र) को दर्शन गर्न पुगेका शे–फोक्सुण्डो गाउँपालिका–३ का पेमा कुन्साङ गुरुङ, फुर्वा ठिन्ल्या गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् ।

कैलाश पर्वतमा पर्ने सेलरीढुक्टा शे–गुम्बाको दर्शन गर्न गएका उनीहरु गएको चैत १७ गतेदेखि बेपत्ता भएका हुन् । हराएको छ दिनपछि बल्ल प्रहरीले खबर पाएको हो ।

हिउ परेको सयममा कैशालको दर्शन गरेपछि मनले चिताएको इच्छा पुरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण उनीहरु शे–गुम्बा गएका थिए । भोटे समुदायको बाहुल्यता रहेको क्रिष्टल क्षेत्रका समुदायहरुले कैलाश क्षेत्रमै गुम्बानै निर्माण गरेर धार्मिक आस्थाको केन्द्र बनाएका छन् ।

गुम्बा परिक्रम गर्नेक्रममा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार गुम्मा रहेको स्थानमा एक हप्तादेखि लगातार हिमपात भैरहेका कारण उद्धार गर्न कठिन भएको छ । घटनास्थल पुग्न सदरमुकामदेखि करिव ६ दिनको बाटो हिड्नु पर्छ ।

हिमपात नरोकिएसम्म उद्धार गर्न कठिनाई हुने स्थानीय जनप्रतिनिधिहरुलाई उद्धृढ गर्दै प्रहरीले जनाएको छ । ‘हामी घटनास्थल पुग्न सक्ने अवस्था छैन, हिमपात रोकिना वित्तिकै उद्धार गर्नु भनेका छौँ ।’ प्रहरी प्रमुख विष्टले भने ‘हिमपात रोकिएपछि स्थानीय र जनप्रतिनिधहरु मिलेर उद्धार गर्छन ।’

जनप्रतिनिधिहरु निरन्तर सम्पर्कमा रहेको भन्दै हिमपात रोकिएपछि मात्रै उद्धार हुन सक्ने प्रहरीको भनाई छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।